ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङमा बंशजको आधारमा नागरिकता लिनेको भिड

Apr 6, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत २३ , विराटनगर । सरकारले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई बंशजको आधारमा नागरिकता वितरण गर्न शुरु गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन भीड लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीवार एकै दिनमा १ सय ३८ जनालाई बंशजको नागरिकता वितरण गरेको छ । गृह मन्त्रालयले परिपत्र गरेलगत्तै पहिलो पटक मोरङबाट बुधवार इशा चौधरी अग्रवालले बंशजको नागरिकता प्राप्त गरेकी थिइन् । बिहीवार एक सय ३८ जनाले नागरिकता प्राप्त गरे भने अन्य ६२ जना प्रक्रिया पूरा गरेर नागरिकता लिने लाइनमा छन् । नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता सिफारिस फाँटमा कर्मचारी थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले बताए ।

सामान्य दिनमा नागरिकता सिफारिसका लागि एक जना प्रशासकीय अधिकृत खटाइएको भएपनि अहिले दुई जनालाई सिफारिसमा खटाइएको र सात जना सहयोगी नागरिकता फाँटमा खटाइएको उनले बताए । नागरिकता नहुँदा उच्च शिक्षा तथा सामान्य रोजगारी गर्न समेत समस्या हुँदै आएको भन्दै विराटनगरका श्रवण अग्रवालले आफ्नी छोरी रुहि अग्रवालको नागरिकता बनाउन पाउँदा आफूलाई खुसी लागेकोे बताए ।

मोरङमा २० हजार ४ सय ९१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका छन् । मोरङमा वि.सं. २०२० सालदेखि चालु आर्थिक वर्षको चैत २० गतेसम्ममा १५ हजार ८ सय चार जनाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मोरङको तथ्याङ्कमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)