ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब साढे १ करोडमा स्यार्पुतालमा चक्रपथ

Apr 10, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । करीब साढे १ करोड रुपैयाँको लगानीमा स्यार्पुतालमा चक्रपथ निर्माण गरिएको छ । स्यार्पुतालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो चक्रपथ निर्माण गरिएको हो । निर्माण शुरू भएको ६ वर्षपछि स्यार्पुताल वरिपरि चक्रपथ निर्माण पूरा भएको हो । विभिन्न संस्था तथा निकायको रू.१ करोड ३५ लाख रुपैयाँको लागतमा चक्रपथ निर्माण गरिएको हो । ५ किलोमिटर लम्बाइको स्यार्पुताल चक्रपथ निर्माण अघिल्लो आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको थियो । चालू आर्थिक वर्षमा चक्रपथको ट्र्याक खोल्ने काम सकिएको स्थानीयले बताए । आर्थिक वर्ष २०६८/६९ देखि चक्रपथ निर्माण थालिएको थियो । राष्ट्रिय ताल संरक्षण केन्द्रले २०६९/७० देखि आव २०७१/७२ सम्म रू. ३६ लाख रुपैयाँ चक्रपथ निर्माणका लागि खर्च गरेको थियो । त्यसपछि २०७२/७३ मा साविक बाँफिकोट गाउँ विकास समितिले रू. ८ लाख र भाग्लेस्थित विद्युत् निर्माणको काम गर्न आएको जापानी सहयोग नियोग जाइका कम्पनीले २०७२/७३ मा करीब २० लाख मूल्य बराबरको सडक निर्माण गरेको थियो । विद्युत्को कामका लागि जाइका कम्पनीले गिट्टी, बालुवा निकाल्न सडक निर्माण गरेको हो । त्यस्तै गत आर्थिक वर्षमा बाँफिकोट गाउँपालिका–५, नम्बर वडाको रू.२० लाख तथा निर्माण उपभोक्ता समितिले ४७ लाख उधारोमा सडक खनेको थियो । चालू आर्थिक वर्षमा रू.८ लाख बजेट उधारोमै खर्चेर चक्रपथ निर्माण सम्पन्न गरिएको छ । चक्रपथ निर्माणमा खर्च भएको १ करोड ३५ लाखमध्ये ३८ लाख रुपैयाँ उधारोमा काम भएको निर्माण उपभोक्ता समितिले बताएको छ । ऊक्त चक्रपथको १ सय मीटर खण्ड पूरै चट्टानै चट्टान मात्र रहेकाले सडक निर्माण गर्न धेरै रकम खर्च भएको हो । चट्टानका कारण काम पनि ढिलो सम्पन्न भएको ३ नम्बर वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । उनले भने, ‘सडक निर्माण क्षेत्रभित्र कडा चट्टान भएका कारण यो सडक निर्माण खर्चिलो भएको हो ।’ चक्रपथ निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकले चारैतिरबाट स्यार्पुताल अवलोकन गर्न सहज हुनेछ । यसअघि निर्माण गरिएको भ्यूटावर र अब निर्माण हुने भ्यूटावर पुग्न पनि चक्रपथ शुरू भएसँगै सजिलो हुने भएको हो । पछिल्लो समय स्यार्पुताल अवलोकन गर्न आउनेहरूको संख्या बढेको छ । हरेक वर्ष स्यार्पुताल आउनेको संख्या बढ्दै गएपछि चक्रपथ निर्माणलाई तीव्रता दिइएको हो । तालमा व्यवस्थित र्‍याफ्टिङ शुरू भएपछि आन्तरिक तथा बाह्य पर्यटक दैनिक रूपमा बढिरहेका छन् । स्यार्पुताल बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडामा फैलिएको छ । यसको क्षेत्रफल २ दशमलव ८ वर्ग किलोमिटर रहेको छ । यस क्षेत्रको विकासका लागि हरेक वर्ष पर्यटन महोत्सव समेत हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)