ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मालवाहक सवारीमा क्वारेन्टाइनको रोक

Apr 10, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । क्वारेन्टाइन चेक पोस्ट महेन्द्रनगरको सम्पर्क कार्यालय धनगढीले पोल्ट्री व्यवसायीका मालवाहक सवारीसाधन एक सातादेखि रोकेको छ । भारतबाट सबै प्रक्रिया पु¥याएर आएका मालवाहक सवारीसाधन विनाकारण कैलाली भन्सारबाट क्वारेन्टाइनले उठाउन नदिएको हो । क्वारेन्टाइन महेन्द्रनगरका प्रमुख डा. विनयकुमार कर्णले माथिको आदेश भन्दै सवारीसाधन रोकेको भन्दै व्यवसायीले विरोध व्यक्त गरेका छन् । भन्सार राजस्व समेत बुझाएर मकै, भटमास, पिनालगायतका कच्चापदार्थ ल्याइएको व्यवसायीको भनाइ छ । जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले सबै कानूनी प्रक्रिया पुर्‍याउँदा पनि पोल्ट्री व्यवसायीका मालवाहक सवारीसाधन रोकेर गैरकानूनी काम गर्ने छूट कसैलाई नभएको बताए । उनले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिए । आयातित वस्तुको गुणस्तर जाँच्नुको सट्टा अनियमितता गर्ने नियतले सवारीसाधन रोकिएको भीएच ह्याचरी उद्योगका सञ्चालक विवेक भट्टको आरोप छ । ‘भन्सारमा मालवाहक सवारी रोक्दा दैनिक प्रतिसवारीबाट ८ हजार रुपैयाँ नोक्सानी भइरहेको छ,’ उनले भने । जिल्ला समन्वय समिति कैलालीको अगुवाइमा व्यवसायीको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग वाणिज्य संघ कैलाली तथा कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)