ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा स्वास्थ्य बीमा न्यून

Apr 11, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । कर्णाली प्रदेशमा स्वास्थ्य बीमा गर्ने सेवाग्राहीको संख्या न्यून पाइएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका कर्णालीका पाँच जिल्लामा कुल जनसंख्याको १८ प्रतिशत नागरिकले मात्रै बीमा गरेको स्वास्थ्य बीमा बोर्डले बताएको छ । कर्णालीका सुर्खेत, जुम्ला, जाजरकोट, रुकुम पश्चिम र कालिकोटमा उक्त कार्यक्रम लागू छ । ती जिल्लाको कुल जनसंख्या ७ लाख ८५ हजारमध्ये १ लाख ४२ हजारले मात्र स्वास्थ्य बीमा फारम भरेका छन् । बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले कर्णालीमा प्रचारप्रसारको कमीका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । उनका अनुसार प्रदेशका ३६ हजार ५ सय ४९ जनाले बीमा गरेका छन् । प्रत्येक वडामा दर्ता सहयोगी नियुक्त गरेर आम नागरिकसँगै कर्मचारी तथा जनप्रतिनिधिलाई पनि स्वास्थ्य बीमामा आबद्ध हुन उत्पे्ररित गर्न थालिएको उनको भनाइ छ । कर्णालीका सुर्खेतस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, सुर्खेत आँखा अस्पताल, रुकुम पश्चिमको चौरजहारी मिसन अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जाजरकोट जिल्ला अस्पतालबाट स्वास्थ्य बीमाका बीमितको औषधि उपचार हुने गरेको छ । बोर्डले दैलेख र सल्यानमा चालू आर्थिक वर्षमै कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएको छ । बोर्डले यो वर्ष डोल्पा, हुम्ला र मुगुमा कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । हालसम्म बोर्डले सदस्यता बापत ८ करोड १ लाख रुपैयाँ संकलन भएको बताएको छ । कार्यालयका अनुसार बीमितलाई सेवाबापत ५ करोड ८ लाख रुपैयाँ भुक्तानीसमेत गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)