ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा सडक खाना महोत्सव

Apr 15, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । नयाँ वर्ष २०७६ को अवसर पारी पर्वतको कुश्मामा तीन दिने सडक खाना महोत्सव शुरू भएको छ । अग्ला पुलहरूको शहर कुस्मा बजारलाई नयाँ वर्षमा आन्तरिक पर्यटकको नयाँ गन्तव्य बनाउने उद्देश्यसहित पर्वत जेसिजको आयोजनामा शनिवारदेखि उक्त महोत्सव शुरू भएको हो । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ शुरू भएको महोत्सवको एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरेको आयोजकले बताएको छ । कार्यक्रममा मन्त्री लम्सालले कुश्मालाई पोखरापछि पर्यटनको इपिसेन्टर मानेर यस क्षेत्रमा पूर्वाधार निर्माणमा सरकार जुटेको बताए । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अल्ट्रालाइट, प्याराग्लाइडिङलाई बलेवा विमानस्थलबाट सञ्चालन गर्ने योजना प्रदेश सरकारले बनाएको मन्त्री लम्सालले जानकारी दिए । ‘पोखरापछिको पर्यटकीय गन्तव्य बनाउने प्रयासमा छौं,’ उनले भने, ‘कुश्मालाई इपिसेन्टर मानेर पर्वत र बाग्लुङ तथा म्याग्दीसम्मका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणका काम हुनेछन् ।’ नयाँ वर्ष मनाउन पोखराको फेवा किनार जाने, साविकका पर्वत, बाग्लुङ, म्याग्दी, कास्की र स्याङ्जाका आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना भएको महोत्सव सफल हुने आयोजक पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले बताए । पहिलो पटक आयोजना गरिएको महोत्सवमा कम्तीमा पनि ३० हजार आन्तरिक पर्यटक भिœयाउने लक्ष्य आयोजकले राखेको छ । महोत्सवमा निःशुल्क स्टल र निःशुल्क प्रवेशको व्यवस्था रहेको छ भने महोत्सव अवधिभर पर्वतका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । मःम खाने प्रतियोगिता तथा जलेबी दौड प्रतियोगितासमेत आयोजना गरिने भएको छ । महोत्सवमा २५ ओटा खानाका स्टल राखिएका छन् । स्टलमा स्थानीय स्तरमा पाइने आलुका परिकार, सिस्नो, फापर, लप्सीको अचार, मकैका परिकार, स्थानीय जातका कुखुराको मासुलगायत परिकार खाने व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)