ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेन्ट्रल मलको ‘नयाँ वर्षमा उपहारै उपहार’ योजना

Apr 15, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । विराटनगरका प्रतिष्ठित तीन ठूला औद्योगिक घरानाको संयुक्त लगानीमा सञ्चालित सेन्ट्रल मलले ग्राहकलाई लक्षित विभिन्न उपहार योजना शुरू गरेको छ । नेपालमै पहिलो स्ट्रिल लेन नमूना दाबी गरिएको विराटनगरस्थित मलले नयाँ वर्ष–२०७६ को अवसर पारी ‘नयाँ वर्षमा उपहारै उपहार’ योजना शुरू गरेको हो । शनिवार सञ्चालकले पत्रकार सम्मेलन गरी उपहार योजनाबारे जानकारी गराएका छन् ।

मलमा उक्त योजनाअन्तर्गत आइतवारदेखि ‘सेन्ट्रल मल शुभारम्भ–२०७६’ शुरू हुने भएको छ । विशाल ग्रूप, देवेनरा ग्रूप र हाइलाइफ ग्रूपको १ अर्ब रुपैयाँभन्दा बढीको संयुक्त लगानी रहेको मलले आइतवारदेखि नै लागू हुनेगरी मलमा २ हजार रुपैयाँभन्दा बढीको सामान खरीद गर्ने ग्राहकलाई एउटा लक्की कुपन प्रदान गर्ने भएको छ । जसमध्येबाट हरेक दिन १/१ जनाले मोबाइल, विराटनगर–काठमाडौं–विराटनगर हवाइटिकट, पाँचजनाले २ हजार रुपैयाँ बराबरको नगद भौचर, १० जनाले सेन्ट्रल मल्टिप्लेक्सको निःशुल्क टिकट प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रत्येक साता लक्की कुपनमार्फत १/१ जनालाई टेलिभिजन र वासिङमेशिन प्रदान गरिने मलका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए । महीनाको अन्तिम दिन बम्पर उपहारस्वरूप १/१ जनालाई स्कुटर, यामाहाको मोटरसाइकल र युरोप भ्रमणको हवाइटिकट प्रदान गर्ने अर्का सञ्चालक विकास चौधरीले बताए । मल सञ्चालनमा आएको एक महिनामा १० लाखभन्दा बढी ग्राहक मलमा आएको उनको दाबी छ । सञ्चालक मुन्दडाका अनुसार यो अवधिमा ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । भारतीय सीमावर्ती बजार जोगबनी जाने ग्राहकसमेत मल सञ्चालनमा आएपछि घटेको सञ्चालकको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)