ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ महीनामा २ लाखभन्दा बढीले खोले हितग्राही खाता

Apr 15, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं ।  धितोपत्र कारोबारमा हितग्राही खाता (डिम्याट) अनिवार्य भएसँगै डिम्याट खाता खोल्नेको संख्या १४ लाख ८२ हजारभन्दा बढी पुगेको छ । २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यकाभित्र र २०७३ माघ १ गतेदेखि देशभरि नै सार्वजनिक निष्कासनमा डिम्याट अनिवार्य छ । यससँगै डिम्याट खाता खोल्ने लगानीकर्ता पनि वार्षिक रूपमा बढ्दै गएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएसी) ले जानकारी दिएको छ । आर्थिक वर्ष २०७२/७३ को अन्त्यसम्म ३ लाख ५३ हजार १३६ लगानीकर्ताले डिम्याट खाता खोलेका थिए । आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ८० हजार ८७६ र आर्थिक वर्ष २०७४/७५ मा ४ लाख २१ हजार ५२३ ले डिम्याट खाता खोलेका थिए । यस आधारमा गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ लाख ५५ हजार ५३५ जना लगानीकर्ताले हितग्राही खाता खोलेका छन् । चालू आर्थिक वर्षको ६ महीनामा मात्रै २ लाख २६ हजार ९३२ जनाले हितग्राही खाता खोलेका छन् । ३ वर्षको तथ्यांकलाई मात्र हेर्दा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी हितग्राही खाता खोलेको पाइन्छ । हालसम्म पनि हितग्राही खाता नखोलेका तर शेयरमा लगानी गरेका लाखौं लगानीकर्ता रहेको अनुमान छ । धितोपत्र बजार प्रविधिमैत्री बन्दै गएको परिप्रेक्ष्यमा भौतिक धितोपत्रहरूलाई विद्युतीय पद्धतिमा परिवर्तन गर्न, नेपाल स्टक एक्सचेन्जमा भएका धितापत्रहरूको खरीदविक्री कारोबारहरूलाई अभौतिक रूपमा प्राप्त गर्न तथा हस्तान्तरण गर्न, प्रारम्भिक सार्वजनिक निष्कासनबाट प्राप्त धितोपत्रहरू वा संस्थागत गतिविधि जस्तै हकप्रद, बोनस शेयरलाई अभौतिक रूपमा जम्मा गर्न हितग्राही खाता चाहिन्छ । साथै, हितग्राही खातामा ग्रहण गरेका अभौतिक धिता त्रहरूको खाताको फाँटबारी प्राप्त गर्न र धितोपत्रहरूको धितो बन्धकी राख्न तथा पुनः भौतिकीकरण जस्ता कार्यका लागि यो खाता अनिवार्य भएको छ । शेयरबजारमा प्रचलनमा रहेको कागजी प्रक्रिया र सोबाट उत्पन्न हुने असुरक्षालाई व्यवस्थित गर्न शेयर प्रमाणपत्रहरूलाई हितग्राही खातामा जम्मा गर्ने गरिन्छ । हाल हितग्राही खातामा ४ अर्ब २१ करोड १४ लाख ४६ हजार ३७० कित्ता शेयर रहेको सीडीएसको तथ्यांकले देखाउँछ । माथिका तथ्यांकलाई हेर्दा पूँजीबजारमा आम लगानीकर्ताको पहुँच विस्तार गर्ने सरोकारवाला निकायको उद्देश्य क्रमिक रूपमा पूरा हुँदै गएको छ । तर, हाल पूर्ण अनलाइन कारोबार प्रणालीले देशव्यापी रूपमा पूँजीबजारको पहुँच विस्तार गरे पनि लगानी गर्ने वातावरणको विकास भने हुन नसकेको लगानीकर्ताहरूको गुनासो छ । लगानीकर्ताले उपत्यकाभन्दा बाहिर पनि थप ब्रोकर सेवा विस्तार गर्न बारम्बार माग गर्दै आएका छन् । केन्द्रीय स्तरमा ५० ब्रोकर कम्पनीले र उपत्यकाबाहिरका ४१ स्थानमा सेवा दिँदै आएका छन् । केही ब्रोकरले थप शाखा विस्तारका लागि स्वीकृति पाइसकेको अवस्थामा र थप ब्रोकरलाई शाखा कार्यालय सञ्चालनका लागि आवेदन माग गरेको अवस्थामा भविष्यमा देशव्यापी रूपमा ब्रोकर सेवा विस्तार हुनेमा पनि आशा राख्न सकिन्छ । सीडीएसले उपलब्ध गराएको तथ्यांकको आधारमा दोलखा जिल्लामा सबैभन्दा बढी लगानीकर्ता छन् । फागुनसम्मको तथ्यांकलाई हेर्दा दोलखा जिल्लामा मात्र ६२ हजार ४५५ जनाले हितग्राही खाता खोलेको देखिन्छ । त्यस जिल्लामा जलविद्युत् कम्पनीहरूको आयोजना धेरै रहेको र स्थानीयका लागि शेयर जारी भएकाले पनि लगानीकर्ताको संख्या बढी भएको अनुमान सम्बद्ध पक्षको छ । तर, हालसम्म पनि दोलखा जिल्लामा एउटा पनि ब्रोकर उपस्थित छैनन् । दोलखाका लगानीकर्ताहरू ब्रोकर सुविधाका लागि उपत्यका नै धाउनुपर्ने बाध्यता छ । नेपालको पूँजी बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउन सरकारदेखि पूँजीबजार सम्बद्ध निकायको प्रयास यस वर्ष पनि जारी छ । सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणाली र दोस्रो बजारमा पूर्ण अनलाइन कारोबार प्रणालीले पूँजीबजारको विकास र विस्तारमा पहल गरिरहेको छ । चालू आर्थिक वर्षको शुरुआतदेखि नै दोस्रो बजारमा पूर्ण अनलाइन कारोबार प्रणाली परिक्षणमा भिœयाएको नेप्सेले यसको सफल कार्यान्वयका लागि विशेष पहल गरिरहेको छ । नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खाताको अभियानलाई अझ प्रभावकारी बनाउन सार्वजनिक निष्कासनमा पहिलाको न्यूनतम ५० कित्ता आवेदन गर्ने व्यवस्थालाई परिमार्जन गरी न्यूनतम १० कित्ताको व्यवस्था लागू गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)