ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको नयाँ गन्तव्य : जंगे झरना

Apr 17, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

वैशाख ३, रौतहट । चन्द्रपुर नगरपालिका २ मा रहेको जंगे झरनालाई पयंटकीय गन्तव्य स्थल बनाउन सक्ने सम्भाबना देखिएको छ । ऐतिहासिक महत्व रहेको मानिने उक्त झरनाको अवलोकन गर्न तथा स्नान गर्नका लागि अन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

रौतहट र मकावनपुरको सिमामा पर्ने झरनामा जंग बहादुर राणाले नुहाउने र हात्तीदमार भन्ने गाउँमा हात्ती बाँध्ने गरेकाले यसको महत्व रहेको स्थानिय बताँउछन् । सो स्थानमा रहेको झरना करीव ६० फिट भन्दा अग्लो र करीव १५ फिट गहिरो रहेको छ । नयाँ बर्षका दिन उक्त स्थानमा अवलोकन तथा वन भोजका लागि जानेको भिड लागेको हात्तिदमार क्षेत्र पर्यटन बिकास समिति अध्यक्ष टेकराज खरेलले बताए ।

सो स्थान प्रदेश नं. २ कै आन्तरिक पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य स्थान हुन सक्ने उनको भनाई छ । स्थानिय मार्फा खोलामा रहेको एतिहासिक स्थलको प्रवर्धन र प्रचार प्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने सम्भावना रहेको उनले बताए । राणाकालीन् प्रधानमन्त्री जंगबहादुर राणा समेत उक्त क्षेत्रमा घुम्न आउने गरेको स्थानियको भनाई छ ।

चन्द्रनिगाहपुर बजारबाट करिब १२ किलोमिटर उत्तरी चुरे क्षेत्रमा उक्त झरना रहेको छ । शान्त तथा मनोरम दृश्य अबलोकन गर्न चन्द्रनिगाहपुर सहित नजिकका जिल्लाबाट सर्वसाधरण त्यहाँ पुग्ने गरेका छन् । यस स्थानको संरक्षण तथा प्रर्वद्धनका लागि चन्द्रपुर नगरपालिकाले सहयोग गरेको कार्यपालिका सदस्य काजीमान माझीले बताए ।

उक्त क्षेत्रमा आन्तरिक पर्यटकलाई आवतजावत गर्नका लागि सहज बनाउन चन्द्रपुर नगरपालिकाले यस बर्ष ट्रयाक खोल्न रू.२० लाख सहयोग गरेको उनको भनाई छ । प्रदेश तथा स्थानिय सरकारले यस स्थानको उचित प्रवर्धन गरेमा पर्यटकको नयाँ गन्तव्य स्थल बन्ने सम्भाबना रहेको छ । पुरातात्विक इतिहास बोकेका स्थानको पहिचान गरी संरक्षण र प्रवर्धन गर्ने हो भने आर्थिक गतिविधि समेत बढ्ने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार जयसवालले बताए ।

उक्त झरना अवलोकन गर्न आउने पर्यटकका कारण नगरमा आर्थिक गतिविधि बढ्ने हुँदा यसतर्फ प्रदेश तथा स्थानिय सरकारले ध्यान दिनुपर्ने उनले बताए । भरखरै मात्र पहिचानमा आएको उक्त झरनाका कारण आगामी दिनमा होटल व्यवसाय क्षेत्रमा समेत थप टेवा पुग्ने उनको भनाई छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)