ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘चालू आवमा पनि उच्च आर्थिक वृद्धिदर’

Apr 18, 2019  
मुख्य खबर प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चालू आर्थिक वर्षमा पनि उच्च आर्थिक वृद्धिदर हासिल हुने बताएका छन् । विराटनगर–३ स्थित नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनिर्मित भवनको बुधवार विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान निर्माण, स्थायी सरकार, लोडशेडिङ मुक्त हुनु लगायतका सकारात्मक अवस्थाका कारण आर्थिक गतिविधि बढेको बताए । गभर्नर नेपालले तेस्रो पटक ६ प्रतिशतभन्दा माथिको उच्च आर्थिक वृद्धिदर हासिल गर्न सम्भव हुने भएको बताए । बैंक तथा वित्तीय संस्था ‘पब्लिक प्रोपर्टी’ भएकाले नाफा खाने नाममा आफूखुशी गर्न नपाइने उनको भनाइ छ । उनले बढी नाफा खाने उद्देश्यले व्यापार गर्ने भए अरू धेरै क्षेत्र खुला रहेको बताउँदै जनताको पैसा लिएर बैंक तथा वित्तीय संस्थाहरूले जनताको विश्वास विपरीतको गतिविधि गर्न नहुने स्पष्ट पारे । गभर्नर नेपालले अहिले पनि देशको कुल जनसंख्याको ५५ प्रतिशत व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन नसकेको बताउँदै २० प्रतिशत युवाको अझै पनि खल्तीमै पैसा राख्ने बानी रहेको जानकारी दिए । सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा लगायत व्यवसायीले बैंक तथा वित्तीय संस्थाले मनमौजी ढंगले अत्यधिक ब्याज लिइरहेका कारण उद्योगी तथा व्यवसायी र बैंकबीच फाटोको अवस्था रहेको धारणा राखेका थिए । नेरुडेले विराटनगर–३ मा केन्द्रीय कार्यालय राख्ने प्रयोजनले ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको लगानीमा सुविधासम्पन्न भवन निर्माण गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)