ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङबाट ९ सयले लिए वंशजको नागरिकता

Apr 19, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसँगै मोरङमा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ । मोरङमा बिहीवारसम्म ९०४ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् । उनले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भइरहेको बताइन् । रंगेलीबाट १५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो । चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो । वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । नागरिकता पाउनका लागि आमा र बाबुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ । प्रशासनमा नागरिकता लिनेको भीडसँगै प्रशासन परिसरमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको संख्या समेत बढेको छ । मुख्यगेट अगाडि अहिले दैनिकी ५ देखि १० ओटा भारतीय नम्बर प्लेटका मोटरसाइकल देखापर्न थालेका छन । कार्यालय परिसरमा भारतीय मोटरसाइकलको पार्किङ बढेपछि स्थानीयले नागरिकता पाउने नागरिकका विषयमा शंका समेत व्यक्त गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)