ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को आवधिक योजनाको आधारपत्र तयार

Apr 22, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नं. १ सरकारले ५ वर्षे आवधिक योजनाको आधारपत्र तयार गरेको छ । प्रदेश नीति तथा योजना आयोगले प्रदेशको योजनाबद्ध दिगो विकास र समृद्धिको ५ वर्षे योजनाको आधारपत्र तयार गरेको हो । हालै योजना आयोगले विराटनगरमा प्रथम प्रादेशिक आवधिक योजनाको आधारपत्र निर्माण सम्बन्धमा कार्यशाला गोष्ठी आयोजना गरी आधारपत्र निर्माणको विषयमा प्रदेशसभा सदस्यहरूको राय सुझाव संकलन गरेको छ । कार्यक्रममा प्रादेशिक योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले आवधिक योजनाको दिशानिर्देश गर्ने गरी आधारपत्र तयारीको लागि कार्यपत्र प्रस्तुत गरेका थिए । आधारपत्रमा विकासलाई अनुसन्धान, प्रविधि र मानवस्रोतसँग जोड्न प्रयास गरिएको उनले जानकारी दिए । प्रदेशको परिचय, गरीबीको अवस्था, पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार, सामाजिक क्षेत्र, अन्तरसम्बन्धित विषय र सुशासन विषयमा उनले प्रस्तुति दिएका थिए । आयोगले प्रदेश समृद्धिका मार्गनिर्देशक आधार स्तम्भहरूमा प्राकृतिक स्रोत साधानमा पहुँच,मानव संसाधनको विकास,संघीयताको अभ्यास र पूर्वाधारको व्यवस्थालाई राखेको छ । आयोगले आवधिक योजनामा रोजागारी, अनुसन्धानविकास र क्षमता अभिवृद्धि, पर्यटन, कृषि, वन, पशुपक्षी, मत्स्यपालन, जडीबुटी र नगदेबाली, उद्योग र उद्यमशीलता, जलस्रोत, सिँचाइ, शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकता दिएको छ । सो अवसरमाप्रदेशका मुख्यमन्त्री शेरधन राईले ८ महीनाभित्रमा प्रदेशका योजनाहरू प्रष्ट देखिने गरी प्रस्तुत गरिने बताए ।मुख्यमन्त्री राईले नयाँ संरचनामा रहेकोले आधारहरू तयार हुन बाँकी रहेको जानकारी दिए । उनले अब आधारपत्रको जगमा तयार हुने आवधिक योजनाको आधारमा नीति तथा कार्यक्रम र बजेट यसै महीनाभित्र तयार गर्न निर्देशनसमेत दिए ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ७० प्रतिशत योजना गुरुयोजनाको आधारमा र बाँकी मागको आधारमा बजेट विनियोजन गरे मात्र प्रदेशको व्यवस्थित विकास सम्भव रहेको बताए ।कार्यक्रममा प्रदेश सांसदलाई आर्थिक, पूर्वाधार,सामाजिक र सुशासन तथा अन्तरसम्बन्धित गरी चार समूह बनाएर छलफल गराइएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)