ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरको केशलिया खोला किनारमा अवैध उत्खनन

Apr 24, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरस्थित केशलिया खोला किनारमा अवैध उत्खनन भइरहेको पाइएको छ । समूहगत उत्खननमा जुटेको गिरोहले कञ्चनबाडी चोकदेखि पश्चिमतर्फ विराटनगर–४, इकराही भएर बग्ने केशलिया खोलाको बहाव नै परिवर्तन गरेर उत्खनन गरिरहेको फेला परेको हो । गिरोहले सो ठाउँमा सयौं मिटर क्षेत्रफलमा गहिरो खाडल पर्नेगरी उत्खनन गरेर नदीजन्य सामग्री बेच्दै आएका छन् । उत्खननका कारण खोला किनारमा गहिरो खाडलहरू बनेका छन्, जुन खोलाको सतहभन्दा पनि कैयौं फिट गहिरो छ । यसरी अवैध उत्खनन गर्दा बाढीको समयमा सिंगो विराटनगर महानगरपालिका र आसपासका क्षेत्र डुबान हुनसक्ने जोखिम छ । अवैध उत्खनन गर्नेहरूको समूह प्रभावशाली रहेकोले सो विषयमा बोल्न समेत सर्वसाधारण अनकनाउने गरेका छन् । खोलाजन्य पदार्थ निकाल्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण आईईई गर्नुपर्ने नियम छ । सम्बन्धित स्थानीय तहले ठेक्का लगाएपछि मात्र निर्धारित मापदण्डअनुसार खोलाजन्य पदार्थ उपयोग गर्न पाउने नियम छ, तर ती सबै नियम उल्लंघन गर्दै यहाँ उत्खनन भइरहेको छ । खोलाको बगरभन्दा झण्डै ५ सय मिटर उत्तरमा अवस्थित पुल छेउमा समेत प्रतिकूल असर गर्नेगरी माटो काटिएको छ । यसबारे जनप्रतिनिधि नै बेखबर छन् । विराटनगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले खोला किनारको २ सय मिटर क्षेत्रमा निजी जग्गा भए पनि उत्खनन गर्न नपाइने बताए । उनले अवैध उत्खनन गरेको पाइए कारबाही गरिने दाबी गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)