ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङको बोक्सीखोलामा चौरीको रगत पिउने मेला

Apr 29, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ बोक्सीखोलामा चौरीको आलो रगत पिउने मेला लागेको छ । वैशाख र साउन गरी वर्षको दुईपटक लाग्ने यो मेलामा औषधीय गुणले युक्त चौरीको आलो रगत पिउन गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै काठमाडौं, बुटवल, चितवन लगायत स्थानबाट मानिसहरू आएका छन् । विशेष गरी यौनशक्ति बढाउन र रक्तविकार हटाउन चौरीको रगत पिउन उक्त भीड लागेको धौलागिरि चौरीपालन कृषक समूहका गोविन्द शेरचनले बताए । चौरीको रगत निकाल्न बोक्सीखोलामा २४ ओटा चौरी गोठहरू राखिएका छन् । ती गोठहरूमा करीब ४ सय भन्दा बढी चौरी रहेको बताइएको छ । शनिवारसम्म १ हजार पाँचसय भन्दा बढीले चौरीको आलो रगत पिएको व्यवसायीहरूको भनाइ छ । प्रत्येक बर्ष आयोजना हुने यस मेलामा आलो रगत सेवन गरेबापत प्रति गिलास २ सय ५० रुपैयाँ लिने शेरचनले बताए । मेला १० दिनसम्म सञ्चालन हुने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)