ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा २३ सय विद्यार्थीेले बीचमै छाडे विद्यालय

May 1, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश–१ को विराटनगर महानगरपालिकामा बीचैमा पढाइ छाड्ने बालबालिकाको संख्या उच्च देखिएको छ । विराटनगर महानगरपालिका शिक्षा शाखाको तथ्यांक अनुसार गत वर्ष २ हजार ३०३ विद्यार्थीले बीचमै विद्यालय छाडेका छन् । नगरका ५१ ओटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म १७ हजार १०५ जना विद्यार्थी भर्ना भएकामध्ये १४ हजार ८०२ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएको देखिन्छ । सबैभन्दा बढी प्राथामिक तहमा भर्ना भएका विद्यार्थीले विद्यालय छोडेको देखिएको छ । विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउन नसक्नु सबैभन्दा ठूलो चुनौती बनेको शिक्षा शाखा अधिकृत दुर्गाप्रसाद खतिवडाकोे भनाइ छ । उनका अनुसार यस वर्षको भर्ना अभियानलाई महानगरका १९ ओटै वडामा प्रभावकारी बनाउने तयारी छ । भर्नाका बेला आउने, पुस्तक र छात्रवृत्ति लैजाने तर कक्षाकोठामा नबस्दा सिकाइ उपलब्धि वृद्धि नभएको उनको भनाइ छ । विराटनगरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग सोमवार आयोजित अन्तरक्रियामा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रममा सत्यनारायण माविका प्राचार्य धर्मानन्द खरेलले विद्यालय बाहिर कति बालबालिका छन्, त्यसको तथ्यांक महानगरपालिकाले राख्न नसक्दा भर्ना अभियान प्रभावकारी हुन नसकिरहेको बताए । विराटनगरमा सामुदायिक ५५, धार्मिक विद्यालय १९, बालविकास केन्द्र १५०, सामुदायिक सिकाइ केन्द्र ११ र संस्थागत विद्यालय १०५ गरी ३४० ओटा विद्यालय छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)