ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा ३ करोडकोे रिसोर्ट

May 8, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु. ३ करोड लगानीमा हिमाल देखिने सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । टोड्के हिल रिसोर्ट प्रालिले ६० जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको रिसोर्ट निर्माण गरेको प्रालिका सञ्चालक एवं निर्माण समितिका संयोजक भीम शेरचनले बताएका छन् । उनका अनुसार रिसोर्टको यही वैशाख २६ देखि २८ गतेसम्म विविध सांस्कृतिक कार्यक्रमका साथ औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । ‘टोड्के क्षेत्रमा आउने पर्यटक होटलको अभावमा समस्यामा परेपछि रिसोर्ट सञ्चालन गरका हौं, अध्यक्ष पाईजाले भने । बेनीदेखि नजीकको दूरीमा रहेको पर्यटकीय टोड्के क्षेत्रमा पर्यटकको आगमन बढाउन निर्माणाधीन रिसोर्टमा गाउँमा उत्पादन हुने स्थानीय कृषि उपजबाट उत्पादित अग्र्यानिक परिकार राखिने अर्का सञ्चालक मोहन खत्री बताउँछन् । रिसोर्टबाटै संसारको सातौं अग्लो धौलागिरि हिमालका साथमा अन्नपूर्ण रेञ्जका एक दर्जन हिमाललाई नजीकबाट नियाल्न सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)