ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी रिसोर्टमा म्याग्दीकै पहिलो स्वीमिङ पुल

May 9, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा सञ्चालित कालीगण्डकी रिसोर्टले जिल्लामै पहिलोपटक स्वीमिङ पुल सञ्चालनमा ल्याएको छ । गत वर्षदेखि रिसोर्ट सञ्चालन गरेका हरिबहादुर चन्दले रिसोर्टको क्षमता विस्तारसँगै स्वीमिङ पुल सञ्चालनमा ल्याएका हुन् । स्वीमिङका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन रिसोर्टसँगै एचबीसी स्वीमीङ पनि शुरू गरिएको रिसोर्ट सञ्चालक चन्दले बताए । २८ मिटर लम्बाइ र १० मिटर चौडाइको पौडी पोखरीलाई सबैले खेल्न मिल्ने बनाउन एउटै पोखरीलाई दुई भागमा विभाजन गरिएको छ । पोखरीमा एक पटकमा १५० जनाले पौडी खेल्न सक्ने रिसोर्टले बताएको छ । सदरमुकाम बेनी बजारदेखि करीब पाँच किलोमिटर उत्तरतर्फ, अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रवेशबिन्दुमा अवस्थित यस रिसोर्टले अहिलेसम्म करीब रू.२ करोड ४५ लाखभन्दा बढी लगानी गरिसकेको रिसोर्टले बताएको छ । पाँच वर्ष दक्षिण कोरियामा रोजगारीका क्रममा बिताएका सञ्चालक चन्दले रिसोर्ट, स्वीमिङ पुल, रेस्टुरेन्ट, लज सञ्चालनसँगै माछा र हाँसपालन गरेका छन् रिसोर्टमा १२ जना अन्य र परिवारका ६ जनाले रोजगारी पाएका छन् । कोठा र टेन्टमा एक दिनमा ७० जनाले बास बस्ने गरी रिसोर्टको क्षमता विस्तार गरिएको सञ्चालक चन्दले बताए । म्याग्दीका पर्यटकीय स्थलको भ्रमण र मुस्ताङ जाने आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर उक्त रिसोर्ट सञ्चालन गरिएको हो । ‘अग्र्यानिक र हाईजेनिक’ परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य सहित रिसोर्ट सञ्चालन गरेका चन्दले ग्राहकलाई हाँस, माछा, कुखुरा, खसी, बँदेल लगायत स्थानीय उत्पादनको स्वाद प्रमुख परिकारको रूपमा रहेको बताए । वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी र शीपलाई स्वदेशमै लगानी गरी व्यावसायिक बन्नु सकारात्मक पक्ष रहेको स्वीमिङ पुलको उद्घाटनमा पुगेका युवा हिमाल सुवेदीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)