ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङमा माछापालनतर्फ बढ्दो आकर्षण

May 14, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङमा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यसबाट राम्रो आम्दानी हुन थालेपछि छाडिएका र बाँझा जग्गामा समेत माछापालन थालिएको छ । मोरङ, कटहरी–१ महेशपुरका किसान देवराज चौधरीले पछिल्लो समय माछापालन व्यवसाय शुरू गरेका छन् । नहर किनारको बाँझो छाडिएको पुख्र्यौली जग्गामा पोखरी निर्माण गरेर उनले माछापालन थालेका हुन् । दुई वर्षअघि बाँझो र खाडल परेको जग्गामा पोखरी निर्माण गरेर माछापालन गरेका उनले दुई लट माछा विक्री गरिसकेका छन् । माछा विक्रीबाट प्राप्त आम्दानीबाट उनी सन्तुष्ट छन् । अन्य खेतीमा पटकपटक लगानी गर्नुपर्ने र आम्दानी कम हुने तर माछा खेतीमा कम लगानीमै बढी आम्दानी हुने भएपछि आफूले माछापालन शुरू गरेको चौधरीले बताएका छन् । माछापालनका लागि सरकारी अनुदानसमेत पाइने भएका कारण माछापालन बढी फाइदाजनक रहेको उनको भनाइ छ । चौधरीजस्तै विराटनगर १२ रानी सिकियाहीका किसान बाबुनन्दन यादवले पनि १ बिगाहाभन्दा बढी खाडल परेको जग्गालाई माछा पोखरीका रूपमा सदुपयोग गरिरहेका छन् । खाडल परेको जग्गामा धानगहुँ लगायत खेती गर्न नसकिएपछि उक्त जग्गालाई माछा पोखरीका रूपमा प्रयोग गर्न थालेको यादवले जानकारी दिएका छन् । अन्य खेतीमा बीउ, मल र पानीको समस्या झेल्नुपर्ने तर माछा पालनमा त्यो समस्या नआउने र कम झन्झटिलो हुने यादवले बताए । पछिल्लो समय नेपाल सरकारले भारतबाट आउने माछाको आयातमा रोक लगाएपछि कृषक थप लाभान्वित भएको यादवको भनाइ छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङको कटहरी, धनपालथान र रंगेली नगरपालिकालाई मत्स्य जोनको रूपमा संरक्षित गरेको छ । ती क्षेत्रका किसानलाई सरकारले पोखरी निर्माण, माछाका भुरा र जाल खरीद लगायतमा अनुदान दिने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)