ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ करोडमा बन्ने हरियाली पार्कको शिलान्यास

May 29, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगर महानगरपालिका वार्ड नं. ९ को ए प्लट बुधहाटमा हरियाली पार्कको शिलान्यास भएको छ । पार्क विराटनगर महानगरको ७० लाख र प्रदेश नं. १ का प्रदेशसभा सदस्य केदार कार्कीको संसद्कोषको ४८ लाख रुपैयाँबाट बन्न लागेको हो । पार्क १ कट्ठा ६ धुरमा निर्माण गरिने भएको छ । पार्कको शिलान्यास गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समयमा नै पार्क निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले विराटनगर विकास निर्माणको चरणमा रहेकाले अहिले केही समस्या भोग्नुपरेको भए पनि आउने आर्थिक वर्षभित्र धेरै विकास निर्माणका कार्य सम्पन्न गरिसकिने बताए । कार्यक्रममा उनले विराटनगरमा एकछिन बस्नका लागि कतै पार्क नभएकाले हरियाली पार्क निर्माण गर्न लागिएको बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर यही हप्तादेखि निर्माणको काम अगाडि बढाइने बताएका छन् । पार्कभित्र शौचालय, ल्यान्डस्क्यापीङ, फाउन्टेन, बस्ने कुर्सी लगायत व्यवस्था गरिने उनले जानकारी दिए । पार्कमा नगरपालिकाले फ्री वाइफाइको सुविधा दिने पनि बताएको छ । महानगरपालिकाले ए प्लटमा पार्क निर्माण गर्नेछ भने बी प्लटमा पार्किङ बनाउनेछ । यसअघि महानगरपालिकाले खाली जग्गामा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने योजना अघि सारेको थियो । तर व्यापारिक कम्प्लेक्स भन्दा पनि पार्कको आवश्यकता भएकाले यो योजना अघि सारिएको हो । कार्यक्रममा उपमेयर इन्दिरा कार्की, इन्जिनीयर अर्जुन थापा लगायतले अबको केही महीनामा पार्क निर्माण गरिसकिने बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)