ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुकरबर्गको नेतृत्वबारे मतदान गर्दै फेसबुक, देलान् त राजीनामा ?

May 30, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १६, सन फ्रान्सिस्को । सामाजिक सञ्जाल फेसबुक इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको नेतृत्व संकटमा आएको छ ।

कम्पनीका केही शेयरधनीहरुले जुकरबर्गलाई कम्पनीको अध्यक्षबाट हट्न भनिरहेका छन् । यो विषयमा बिहीवार हुन लागेको कम्पनीको वार्षिक साधारण सभामा मतदान हुने अनुमान गरिएको छ ।  जुकरबर्ग फेसबुक सीईओको साथै सञ्चालक समितिका अध्यक्ष पनि हुन् ।

सीईओका रुपमा मात्रै रहँदा जुकरबर्गले कम्पनीको सञ्चालनमा बढी ध्यान दिन सक्ने तर्क उनीहरुको छ । कम्पनीमा जुकरबर्गको हिस्सा ६० प्रतिशत छ । त्यसैले नेतृत्वबारे मतदान भयो नै भने पनि हार्ने सम्भावना भने निकै कम रहेको विश्लेषकहरु बताउँछन् । यद्यपि, उनी विरुद्ध आउने मतले उनको नेतृत्वमा उत्पन्न अविश्वास स्पष्ट पार्ने छ । जुकरबर्गले अध्यक्ष पद् छाड्नु पर्छ भन्नेमा ट्रिलियम एसेट म्यानेजमेन्ट पनि एक हो । उसँग फेसबुकको ७० लाख डलर मूल्य बराबरको शेयर रहेको छ ।

कम्पनीमा एक पछि अर्को गर्दै प्रयोगकर्ताको गोपनीयता उल्लंघनका घटनाहरु सार्वजनिक भइरहेका छन् । जुकरबर्गको नेतृत्वले त्यसमा नियन्त्रण गर्न नसकेको तर्क उनीहरुको छ । फेसबुकका सह–संस्थापक क्रिस ह्यूज्स, पूर्व सुरक्षा अधिकृत एलेक्स स्टामोसले पनि जुकरबर्गको राजीनामाको माग राखेका छन् ।

जुकरबर्गले कम्पनीमाथिको नियन्त्रण खुकुलो बनाउनु पर्ने र नयाँ सीईओ नियुक्त गर्नु पर्ने स्टामोसको भनाई छ । जुकरबर्गले पनि पद् त्याग्नु पर्ने माग ठाडै अस्वीकार गर्दै आएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)