ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जोगिए जुकरबर्ग, अध्यक्षबाट हटाउने प्रयास असफल

Jun 1, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १८, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल ‘फेसबुक इङ्क’का संस्थापक मार्क जुकरबर्गलाई कम्पनीको अध्यक्षबाट हटाउने प्रयास असफल भएको छ ।

कम्पनीको वार्षिक साधारण सभामा बिहीवार भएको मतदानमा उनी प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहने भएका हुन् । कम्पनीमा जुकरबर्गको ६० प्रतिशत शेयर छ । त्यसैले मतदानमा उनले हार्ने सम्भावना एकदमै कम थियो । साधारण सभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफमा जुकरबर्गले केही पनि बोलेका थिएनन् ।

जुकरबर्गले अध्यक्ष पद छाडेमा कम्पनी सञ्चालनमा बढी ध्यान दिन सक्ने भन्दै लगानीकर्ताहरुको एक समूहले उनको राजिनामाको माग गरेका थिए । यी मध्ये एक सम्पत्ति व्यवस्थापन कम्पनी ट्रिलियम एसेट म्यानेजमेन्ट पनि एक थियो ।

कम्पनीमा ट्रिलियमको ७० लाख डलर बराबरको शेयर छ । हालैका वर्षमा प्रयोगकर्ताका गोपनीयता र सूचना चुहावट घोटाला भएपनि फेसबुकको कमाई अपेक्षाकृत निकै राम्रो रहँदै आएको छ । यसका प्रयोगकर्ता संख्या पनि बढिरहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)