ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुगलमाथि अनुसन्धान थाल्दै अमेरिका

Jun 1, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १५, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकाले घरेलु बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगल इङ्कमाथि अनुसन्धान थाल्ने भएको छ ।

बजार प्रतिस्पर्धासम्बन्धी (एन्टीट्रष्ट)कानूनको उल्लंघन गरेको भन्दै न्याय मन्त्रालयले अल्फावेट इङकको सहायक कम्पनी गुगलमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको हो । वाल स्ट्रिट जर्नलले यसबारे छापेको समाचारअनुसार अनुसन्धानले कम्पनीको वेब सर्च र अन्य हिस्सालाई छुने छ ।

ठूला कम्पनीहरुलाई टुक्र्याउन हुन्छ कि हुँदैन भन्नेबारे छलफल चलिरहेकै बेलामा यस्तो समाचार सार्वजनिक भएको छ । पछिल्लो समय अमेरिकामा कम्पनीमाथि राजनीतिक दबाब बढेको छ । सर्च नतिजामा भेदभाव गरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत गुगल लगायत ठूला प्रविधि कम्पनीहरुको आलोचना गर्दै आएका छन् ।

कम्पनीमाथि यस मामिलामा अमेरिकामै अनुसन्धान हुन थालेको यो नै पहिलो पटक भने होइन । एकाधिकार विरोधी कानून मिचेको भन्दै कम्पनी विगतमा पनि अनुसन्धानको दायरामा आएको थियो । सन् २०१३ मा अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)सँगको राफसाफमा गुगलले केही व्यापारिक अभ्यासमा परिवर्तन गर्ने सहमति जनाएको थियो ।

सन् २०१० मा यूरोपेली आयोगले कम्पनीविरुद्ध यस्तै अनुसन्धान थालेको थियो । अनुसन्धानको अन्त्यमा सन् २०१७ मा कम्पनीलाई इयूले २ अर्ब ७० करोड डलर तिराएको थियो । सन् २०१६ मा पनि गुगलको अपरेटिङ सिष्टम एण्ड्रोइडसँग सम्बन्धित यस्तै अनुसन्धानमा कम्पनीलाई यूरोपेली आयोगले ५ अर्ब १० करोड डलर तिराएको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)