ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साताको शेयर बजार : रू.४ अर्ब माथिको कारोबार, १६दशमलव ८६ बिन्दुले बृद्धि

Jun 1, 2019  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ १८, काठमाडौं । धितोपत्र बजारमा यस साता रू. ४ अर्ब ३३ करोड १६ लाख ७ हजार ८२४ बराबरको शेयर कारोबार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६दशमलव ८६ बिन्दुले बढेको छ ।

साताको पहिलो दिन एक हजार ३०२ दशमलव ६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन १ हजार ३१९ दशमलव ४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको १ करोड ३६ लाख ६३ हजार २७१ कित्ता शेयर कारोबार भए । सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक गर्‍यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मंगलवार आठ अंकले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीवार भने सामान्य अंकले मात्रै वृद्धि भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनसार साताको पहिलो दिन शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ९३ बिन्दुले घटेर १ हजार ३०२ दशमलव ६१ अंकमा झरेको थियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलव ८२ अंकले घटेर २७७ दशमलव ५६ मा ओर्लिएको थियो । रू.१ अर्बमाथिको कारोवार हुँदै आएको बजारमा त्यस दिन कूल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर रू. ६२ करोड ६२ लाख १ हजार ६६६ मूल्यमा खरीद विक्री भए ।

यस्तै साताको दोस्रो सदन अर्थात् सोमबार शेयर बजारमा झिनो अंकले सुधार आयो । कारोबार मापक नेप्से परिसूचक शुन्य दशमलव ३४ बिन्दुले बढेर एक हजार ३०२ दशमलव ९६ अंकमा पुग्यो । नेप्से झिनो अंकले बढेपनि कारोबार रकम भने सामान्य रह्यो । कूल १७० कम्पनीको १७ लाख १ हजार ६४ कित्ता शेयर रू. ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद विक्री भए ।

यस्तै साताको तेस्रो दिन शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढ्यो । उक्त दिन कारोबार मापक नेप्से परिसूचक २ दशमलव ५३ बिन्दुले बढेर एक हजार ३०५ दशमलव ४९ अंकमा पुग्यो । स्टकका अनुसार कूल १६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर रू. ७५ करोड ६८ लाख ९१ हजार ६१३ मूल्यमा खरीद विक्री भए । बुधवार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढ्यो । कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रू. ९० करोड ८ लाख ५ हजार ९६० मूल्यमा खरीद विक्री भए ।

साताको अन्तिम दिन अर्थात् बिहीवार रू.१ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोबार भए पनि कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव मात्रै पर्‍यो ।

सो दिन कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर १ हजार ३१९ दशमलव ४७ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको थियो । सो दिन कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार भए ।  यस साता स्टकमा विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भए । त्यसमा गुराँस लघुवित्त वित्तीय संस्थाको ७ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।

यस्तै विजय लघुवित्त वित्तीय संस्थाको १ लाख ७७ हजार १०० कित्ता शेयर लाभांश र रिलायन्स फाइनान्सको ३ लाख १ हजार २७४ कित्ता शेयर लाभांश सूचीकृत भएको स्टकले बताएको छ । कारोबारका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । प्रभु बैंक शीर्ष स्थानमा रहदा शिवम् सिमेन्ट, नेपाल बैंक, माथिल्लो तामाकोशी, जनता बैंक, एनसिसि बैंक, मेघा बैंक, सिभिल बैंक, ज्योति विकास बैंक र कृषि विकास बैंकको शेयर क्रमशः बढी कारोबार भए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)