ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियन लाइफ इन्स्योरेन्सको नबिकेको हकप्रद शेयर लिलामीमा (कति कित्ता ?)

Jun 7, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २४, काठमाडौं (अस) । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर असार १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । २ हजार ४२० दशमलव ७० कित्ता संस्थापक शेयर र २ लाख १८ हजार ९३९ दशमलव ०३ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन असार ८ गतेसम्म रहेको छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले शेयर खरीदको लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फको लागि न्यूनतम १ हजार कित्ताको लागि र सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)