जेठ २४, काठमाडौं (अस) । नेपाल इन्स्योरेन्स कम्पनीको बोलकबोल शुक्रवार दिउँसो २ बजे ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाँचघर जमलमा खोलिने भएको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको २ हजार ५११ दशमलव ७३ कित्ता संस्थापक शेयर र १ लाख ४४ हजार ५९१ दशमलव ३५ कित्ता सर्वसाधारण शेयर जेठ ५ गतेदेखि १९ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।