जेठ २४, काठमाडौं (अस) । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज( नेप्से )मा शुक्रवार सूचिकृत भएको छ । कम्पनीको १ लाख १० हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीका शेयरधनीहरुले सूचिकृत शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।