ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कलेजको प्रवेश परीक्षामा १ करोड सहभागी

Jun 7, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २४, बेइजिङ । चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करीब १ करोड विद्यार्थी शुक्रवार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ ।

चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतवारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै उच्च हो ।

चिनियाँ शिक्षासम्बन्धी जानकारी दिने एक वेबसाइटले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा हरेक वर्ष उच्च शिक्षा अध्ययन गर्न चाहने चिनियाँ विद्यार्थीहरुको संख्या बढ्दै गएको उल्लेख छ । तर कति विद्यार्थीले पढाईको अवसर पाउँछन् भन्ने शिक्षा मन्त्रालयले समेत स्पष्ट गर्न सकेको छैन । रासस/ सिन्ह्वा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)