जेठ २४, काठमाडौं (अस) । प्राइम कर्मशियल बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताब आइतबार पारित हुदैं छ । बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न आइतबार १४ औं वार्षिक साधारण सभामा बोलाएको हो ।
नेपाल एकेडेमि कमलादीमा विहान १० बजेदेखि सभा शुरु हुनेछ । सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तिन जना र सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जनाको निर्वाचन मनोनयन गर्ने कार्यक्रमसमेत तय गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रक्रिया टुटेपछि अन्य बैंकसँग मर्जर प्रक्रियाका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने , वर्तमान रू. १० अर्ब अधिकृत पूँजीलाई बृद्धि गरी रू. २२ अर्ब पुर्याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विषय सभामा छलफलका लागि पेश हुने छन् । यस बैंकले कन्काई विकास बैंकलाई प्राप्ती गर्ने सम्झौतामा जेठ २२ गतेनै हस्ताक्षर गरिसकेको छ ।