जेठ २७, काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १ बराबर १ (१ः१) अनुपातमा असार १२ गते देखि साउन १५ गते सम्म हकप्रद शेयर निष्कासन गर्दैछ ।
कम्पनले शेयरधनीका लागि प्रति शेयर रू.१०० अंकित दरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा बिहीवार रू.२ हजारमा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू. १०० अंकित दरमा खरीद गर्न पाइने छ ।कम्पनीको आगामी असार १ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुनेले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखा र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ ।
हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ५ करोड ७६ लाख पुग्नेछ ।