ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानी आर्थिक वृद्धिदर सोचे भन्दा बढी

Jun 10, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, टोकियो (जापान) । सन् २०१९ को पहिलो त्रैमासमा जापानी अर्थतन्त्र यस अघि सोचेको भन्दा अलि धेरै बढेको छ । सोमवार मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरी–मार्च त्रैमासमा अर्थतन्त्र वार्षिक २ दशमलव २ प्रतिशतले बढेको छ ।

यस अघि भने यो दर २ दशमलव १ प्रतिशत रहेको बताइएको थियो ।  पूँजीगत खर्चमा भएको वृद्धिका कारण अर्थतन्त्र शुरुमा अनुमान गरिएभन्दा धेरैले बढेको हो । सो अवधिमा निजी खपत भने यथावत् रहेको पाइएको छ । यद्यपि, विश्वभर बढेको व्यापार तनाबले गर्दा कारण निर्यातमा निर्भर अर्थतन्त्र खस्किने विश्लेषण गरिएको छ ।

चीनतर्फ चिप बनाउने उपकरण निर्यात घट्दा अप्रिलमा जापानी निर्यात लगातार पाँचौं महिना पनि खुम्चिएको छ । गत हप्ता भएको एक सर्वेक्षणले जापानी म्यानुफ्याक्चरिङ गतिविधि मे महीनामा खुम्चिएको देखाएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)