ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनको व्यापार बचत साढे ४१ अर्ब डलर

Jun 10, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, पेचिङ (चीन) । गत महीना चीनले अपेक्षा गरिएभन्दा धेरै व्यापार बचत गरेको छ । मे महीनामा बाँकी विश्वसँगको व्यापारमा चीनले ४१ अर्ब ६५ करोड डलर बचत गरेको छ ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले मेमा व्यापार बचत २० अर्ब ५० करोड डलर रहने बताएका थिए । समीक्षा अवधिमा निर्यात वार्षिक १ दशमलव १ प्रतिशतले बढेको भएपनि निर्यात भने साढें ८ प्रतिशतले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

अमेरिकासँगको बचत बढ्यो

मे महीनामा अमेरिकासँगको व्यापारमा चीनको बचत झनै बढेको छ । समीक्षा अवधिमा अमेरिकासँगको व्यापर बचत २६ अर्ब ८९ करोड डलर रहेको छ । अप्रिलमा भने बचत २१ अर्ब १० करोड डलर थियो ।

दुई देशबीचको असन्तुलित व्यापार अमेरिकाको टाउको दुःखाईको विषय बन्दै आएको छ । यसैका कारण चीनबाट आयातित वस्तुमा अमेरिकाले अतिरिक्त महसुल लगाएपछि दुबै देशबीच व्यापार युद्ध चर्किएको हो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)