ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८.९२ अंक घट्यो नेप्से (२ बजेको अपडेट)

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं (अस) । सोमवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ८ दशमलव ९२ अंक (० दशमलव ६९ प्रतिशत) घटेर १ हजार २७५ दशमलव ६७ विन्दुमा पुगेको छ ।

यस समयसम्मको कारोबार अवधिमा १६८ कम्पनीको ५ हजार २३८ पटकको कारोबारमा रू. ३६ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको हो । यस समयमा कारोबारमा आएका ११ समूूहमध्ये विकास बैंक समूह र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक कारोबारको पहिलो ४५ मिनेटको अवधि पश्चात निरन्तर ओरालो लागेको हो । सो समयावधिसम्म सिद्धार्थ बैंकको सर्वाधिक बढी रू. २ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ भने दोस्रोमा शिवम् सिमेण्टको रू. २ करोड ४४ लाख बराबरको कारोबार भएको छ । कारोबारको सो समयसम्म वल्र्ड मर्चेन्ट बैकिङ्गको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ ।

कारोबारको तेस्रो घण्टाको अवधिसम्म सो कम्पनीको सकारात्मक सर्किट लागेको हो । सो समयसम्म १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको रिलायन्स फाइनान्सको शेयरमूल्य ६ दशमलव २५ प्रतिशत घटेको छ । सो कम्पनीको अन्तिम शेयरमूल्य रू. १३५ मा कारोबार भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)