ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रिलायन्स फाइनान्सको लाभांश पारित (कति)

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं (अस) । रिलायन्स फाइनान्स लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको सोमवार सम्पन्न संयुक्त वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को संयुक्त साधारण सभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट बोनसपश्चात कायम चुक्तापूँजीको आधारमा करसहित २ दशमलव ६३ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको छ ।

कर प्रयोजनका लागि कम्पनीले शून्य दशमलव १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गते बुक क्लोज गरेको थियो । हाल कम्पनीको चुक्तपूँजी रू. ७४ करोड ३२ लाख २९ हजार रहेको छ । १२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार पुग्नेछ ।

आर्थिक वर्ष २०७३/७४ को प्रस्तावित २ दशमलव ६३ प्रतिशत नगद लाभांश भने यहि चुक्तापूँजीको आधारमा वितरण गर्ने कम्पनीको प्रस्ताव छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा गरेको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रू. १४४ सम्म भइरहेको छ ।

सभामा प्रस्तावको रुपमा रहेको मर्जरका सम्पूर्ण काम कारवाहीका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । नेपाल राष्ट्र बैकले ग वर्गका वित्त कम्पनीहरुको लागि तोके बमोजिमको चुक्तापूँजी कायम हुने भए पनि यस कम्पनीले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने योजना अघि सारेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)