ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने

Jun 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं(अस) । जेठ १४ गतेदेखि स्थानियका लागि विक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने भएको छ ।

कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयको लागि विक्रीमा ल्याएको हो । यस आईपीओमा आवेदन दिने छिटो अवधि जेठ २८ गते रहेपनि यस अवधिमा न्यून आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा न ९, १० र माई नगरपालिका वडा न. ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बासोबास गर्नेहरुले मात्र यस आईपीओमा आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड र इलामको चोक बजारमा रहेको लक्ष्मी बैंक ,फिक्कल बजारको एभरेष्ट बैक, सिद्धार्थ बैंक, भानुपथको सेञ्चुरी कर्मशियल बैंक,नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र आयोजना स्थलबाट आवेदन दिन सक्ने छन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट २०७५ माघ ७ गते को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले ऐच्छिक रुपमा सी–आस्वा सेवाबाट पनि आवेदन गर्न सक्नेछन् ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८२ करोड छ । स्थानीय बासिन्दा र सर्वसाधारणलाई आईपीओ जारी पश्चात पूँजी रू. १ अर्ब ६० करोड पुग्ने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रको बासिन्दाका लागि आईपीओ जारी पश्चात ६२ लाख कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्ने छ  । कम्पनीले जारी गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)