ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साहस उर्जा लिमिटेडले ५५ करोड बराबरको आईपीओ जारी गर्ने

Jun 10, 2019  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ २७, काठमाडौं(अस) । साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि रू. ५५ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ । सोमवार सम्पन्न कम्पनीको पाचौं वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

नीजि क्षेत्रको लगानीमा नेपालकै सबैभन्दा ठुलो आयोजना यस कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको हो । कम्पनीको साधारण सभामा बोल्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि वर्षमान पुनले नीजि क्षेत्रको मात्र लगानीमा बनेको यो आयोजनामा सरकारको समेत प्रतिवद्धता रहने बताए ।

देशले उर्जा क्षेत्रमा आत्मनिर्भता खोजिरहेको अवस्थामा यस आयोजनाले सहयोग गर्ने अपेक्षा सरकारको रहेको उल्लेख गर्दै उनले सरकारले पनि जलविद्युत आयोजना निर्माणका कार्यक्रम अघि सारिरहदा नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न खोजेको भन्ने आरोपको खण्डन गरे । नेपालमा २३ हजार नदी र खोलानाला रहेको जानकारी गराउर्दै मन्त्रि पुनले विद्युत् उत्पादनको प्रचुर सम्भावना नेपालमा रहेको भन्दै विदेशी मुलुकमासमेत चर्चा हुने गरेको वताए ।

‘आगामी दिनमा नीजि क्षेत्रका जलविद्युत् कम्पनीहरुलाई प्रोत्साहन गर्ने खालका नीति ल्याउनमा सरकार प्रतिवद्ध छ’,उनले भने, ‘जतिसक्दो विद्युत उत्पादन गर्नुस हामी खरिद गर्नेछौं ।’ कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले हालसम्म ६९ जिल्लाबाट करीब ८ हजार जनाले कम्पनीको शेयरमा लगानी गरेको जानकारी गराए ।

सर्वसाधारणलाई शेयर जारी गर्दा ७७ ओटै जिल्लाका नागरिकलाई समेट्ने उद्धेश्य रहेको भन्दै अध्यक्ष पाठकले हाम्रो योजना राष्ट्रिय योजना बन्नेमा विश्वस्त रहेको उल्लेख गरे । हालसम्म २५ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको उनको भनाई छ । सर्वसाधारणका लागि छुट्याएको साधारण शेयर जारी गर्ने निर्णय यस अघिको साधारण सभाले गरे पनि साधारण शेयर अघि संस्थापक शेयर बाँडफाँट हुनपर्ने व्यवस्थाले जारी गर्न नसकिएको समेत उनले बताए ।

कम्पनीले गत भदौ ७ गते संस्थापकको शेयर बाँडफाँट गरेको थियो । आईपीओ जारी गर्नका लागि विक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेडसँग र क्रेडिट रेटिङका लागि इक्रा नेपाल प्राइभेट लिमिटेडसँग सम्झौता भइसकेको कम्पनीको भनाई छ ।

अधिकृत पूँजी रू.३ अर्ब ५० करोड र जारी पूँजी रू. ३ अर्ब रहेको यस कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४५ करोड रहेको छ । संस्थापकबाट कुल जारी पूँजीको ८१ दशमलव ६७ प्रतिशत चुक्ता भइसकेको छ । बाँकी १८ दशमलव ३३ प्रतिशत शेयर सर्वसाधारणमा जारी हुने देखिन्छ । कुल रू. ११ अर्ब ८६ करोड निर्माण लागत रहेको यो आयोजना २०७७ असोज १० गते सम्पन्न गर्ने लक्ष्य छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)