ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आगामी आवमा सुदूरपश्चिमको बजेट २९ अर्ब

Jun 11, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ का लागि २९ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमवार धनगढीमा यहाँका निजी क्षेत्र तथा सञ्चारकर्मीसँग छुट्टाछुट्टै रूपमा गरेको पूर्वबजेट छलफल र सुझाव संकलन कार्यक्रममा मन्त्री बोहराले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार बजेट तयारीबारे विभिन्न विषयगत संघसंस्था तथा निजी क्षेत्रसँग छलफल भइरहेको छ । संघीय सरकारले चालू आवको तुलनामा २ अर्ब रुपैयाँ घटाएर बजेट पठाएकाले यसअघि आफूले ३० अर्बको बजेट ल्याउने बताए पनि २८/२९ अर्बको बजेट आउने उनको भनाइ छ । यसका लागि आवश्यक छलफल र बजेट निर्माणमा मन्त्रालय केन्द्रित भएको उनले बताए । चालू आवका लागि विनियोजित बजेट र गत आवको बाँकी तीन महिनाका लागि ल्याएको वितरणमुखी बजेटजस्तो नभएर कृषि, उद्योग, पर्यटन, जडीबुटी र पूर्वाधारमा मद्दत पुग्ने गरी आगामी आवको बजेट निर्माण गरिरहेको मन्त्रालयले बताएको छ । चालू आवको जेठ तेस्रो सातासम्म पुग्नै लाग्दा प्रदेश सरकारले कुल बजेटको २३ प्रतिशत मात्र खर्च गरेको छ । तर, आगामी आवको बजेट भने पूर्ण कार्यान्वयन हुने गरी ल्याउन लागेको मन्त्रालयले दाबी गर्दै आएको छ । चालू आवका लागि विनियोजित कुल बजेट २५ अर्ब ६ करोड ५६ लाखमध्ये पूँजीगत खर्च कार्यान्वयन अपेक्षाभन्दा निकै कम देखिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । विषयगत मन्त्रालयहरूले पनि अपेक्षाअनुरूप बजेट खर्च गर्न नसकेको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)