जेठ २८, काठमाडौं(अस) । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
अब कम्पनीको सम्पूर्ण शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गबाट हुनेछ ।