जेठ २८, काठमाडौं (अस)। मंगलवार नेप्से कारोबार भएको एक घण्टाको अवधिमा ५ दशमलव ४४ अंकले बढेर १ हजार २८१ दशमलव २५ विन्दुमा पुगेको छ । १ हजार २७६ दशमलव २६ विन्दुबाट शूरु भएको परिसूचक एक घण्टासम्म बढेर सो विन्दुमा पुगेको हो ।
यस अवधिमा १२० कम्पनीको रू. ६ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ११ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक बढेपछि नेप्से बढ्न पुगेको हो ।
एनआइसि एशिया बैंकको सर्वाधिक रू. ७५लाख बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक बढ्नेमा पाँचथर पावर कम्पनीको ७ प्रतिशतले रहेको छ ।