जेठ २८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दे अनलाइन र वेबसाइटमा कुनै बेला देखिने विवरण फरक भएकोमा प्रविधि समस्या भएको नबुझ्न लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।
नेप्सेले समय अन्तरालका कारण कुनै समयमा नेप्से विन्दुमा देखिने कारोबार विवरण र वेबसाइटमा देखिने विवरण फरक पर्न सक्ने हुनाले त्यसलाई प्रविधि समस्या नबुझ्न सूचना जारी गरेको हो ।
नेप्सेले वेवसाइट मार्फत एक मिनेटको अन्तरालमा प्रयोगकर्ताहरुलाई कारोबार विवरण दिने गरेको दाबी गरेको छ । सोमवार नेप्सेको वेबसाइटमा त्यस्तै समस्या आए पछि नेप्सेले सूचना जारी गरेको हो ।