जेठ २७, काठमाडौं(अस) । सिंगटी हाइड्रो इनर्जी कम्पनीलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न रेटिङ गराएको हो ।
ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । हाल कम्पनीले २५ मेगावाटको विद्युत् आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।