ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्रम्प र आबे बीचमा इरानबारे कुराकानी

Jun 15, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

जेठ ३२, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रवार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका हुन् । उनीहरुले ओसाकामा हुन लागेको जी २० को शिखर सम्मेलनका बारेमा पनि कुराकानी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले बताएको छ । जी २० को शिखर सम्मेलन यही जुनको अन्त्य तिर हुने तय भएको छ ।

ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले इरानसँगको संवादका लागि पहल गरिदिनु भएकोमा आबेलाई धन्यवाद दिनुभएको छ ।’ जापानी प्रधानमन्त्री आबेले यही हप्ताको शुरुमा इरानको भ्रमण गरेका थिए । यसअघि सन् १९७८ मा तत्कालिन् जापानी प्रधानमन्त्री ताकेओ फुकुदा इरान गएका थिए । यो पछिल्लो दुर्लभ भ्रमण वासिङ्टन र तेहरानबीचको नराम्रो सम्वन्ध सुधार्ने उद्धेश्यले भएको थियो । आबेले भ्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीसँग पनि भेटवार्ता गरेका थिए ।

बिहीवार भएको उनीहरुको भेटका क्रममा खामेनीले ट्रम्पको सन्देशको कुनै अर्थ नभएको बताएको इरानको सरकारी सञ्चार माध्यमले उल्लेख गरेका छन् । । भेटका बारेमा ट्रम्पले बिहीवार नै ट्वीट गर्दै लेखेका छन्, ‘जापानी प्रधानमन्त्री आबेले इरानमा आयतोल्लाह अली खामेनीलाई भेटेको स्वागतयोग्य कुरा छ, चाडै नै यसले एउटा सम्झौताको रुप लिने छ भन्ने मैले व्यक्तिगत रुपमा विश्वास लिएको छु ।’ रासस/सिन्ह्वा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)