जेठ ३२, भारत। भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रवार राती घटना भएको अधिकारीहरुले बताएका छन् ।
मृत्यु हुनेमा ट्यांकी सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाउन खटिएका होटलकै अरु तीन जना रहेको प्रहरीले बताएको छ । भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौं मजदुरको मृत्यु हुने गरेको छ । सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
शुरुमा ट्यांकीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्’, उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने । सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उनले बताए ।अहिले सवैको शब बाहिर निकालेर पोष्टमार्टम गर्न पठाइएकोे छ । रासस/एएफपी