ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीलाई पूँजी वृद्धिको चटारो

Jun 16, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा
काठमाडौं । बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको चटारो परेको छ । बीमा समितिले दिएको अन्तिम म्याद असार मसान्तसम्म भएकाले यी कम्पनीलाई पूँजी वृद्धिको चटारो भएको हो । कम्पनीहरूले बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्दै छन् । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएको थियो । नेप्सेमा सूचीकृत सात जीवन बीमा कम्पनीहरूमा दुई नेशनल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पु¥याएका छन् भने बाँकी पाँच कम्पनीले हकप्रद शेयर र बोनस शेयर वितरण गरेर पूँजी गर्दै छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । यो हकप्रद शेयर निष्कासनपछि उसको पूँजी रू. २ अर्ब १ करोड पुग्नेछ । त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. ६४ करोड १५ लाख छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ । यो हकप्रद शेयर कम्पनीले २०७५ चैत २८ देखि २०७६ जेठ १ गतेसम्म निष्कासन गरेको हो । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । साथै कम्पनीले २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर वितरणपछि पूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । कम्पनीले पुनः शतप्रतिशत हकप्रद शेयर जारी गरेर चुक्तापूँजी रू. २ अर्ब पु¥याउने भएको । सो प्रस्ताव कम्पनीको चैत २१ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हो । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्तापूँजी रू. १ अर्ब ४९ करोड छ । कम्पनीले पूँजी वृद्धिका लागि ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्बभन्दा बढी पुग्नेछ । प्रस्तावित बोनस शेयर बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी सूचीकृत १५ निर्जीवन बीमा कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले तोकिएको चुक्तापूँजी पुर्‍याएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हाल चुक्तापूँजी रू. ९७ करोड २० लाख छ । कम्पनीले १ अर्ब पूँजी पु¥याउन ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि असार २९ गते साधारणसभा आयोजना गरिएको छ । ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. ६१ करोड ७६ लाख छ । कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ । यो हकप्रद शेयर निष्कासनपछि उसको पूँजी रू. १ अर्ब १ करोड पुग्छ । एनएलजी इन्स्योरेन्स कम्पनीको पूँजी रू. ६४ करोड ४ लाख छ । पूँजी वृद्धिका लागि कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको जेठ १४ गते सम्पन्न विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । ६० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि पूँजी वृद्धिका लागि ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरणपछि उसको पूँजी रू. १ अर्ब ५ करोड पुग्नेछ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि आगामी असार १० गते साधारणसभा राखिएको छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । युनाइटेड इन्स्योरेन्स कम्पनी पनि पूँजी वृद्धिका लागि २ सय ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा चैत २९ गते निवेदन दिएको हो । कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख छ । २ सय ४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि उसको पूँजी रू. १ अर्ब २ करोड पुग्नेछ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार १३ गते साधारणसभा आयोजना गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ८२ लाख छ । ८६ प्रतिशत बोनस शेयर वितरणपछि उसको पूँजी रू. १ अर्ब पुग्नेछ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी रू. ८६ करोड ५९ लाख छ । कम्पनीले १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. ९९ करोड ९९ लाख पुग्नेछ । १५ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव पारितका लागि कम्पनीले असार १३ गते साधारणसभा गर्ने भएको छ । एभरेस्ट इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि ३ सय प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड ३९ लाख छ । ३ सय प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटछि उसको पूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ । राष्ट्रिय बीमा कम्पनीले भने पूँजी वृद्धिका कुनै पनि योजना बनाएको छैन । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)