ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल कम्युनिटीको हिसाबमा बढी गएको बोनस शेयर सोमवार फिर्ता हुने

Jun 16, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य

असार १, काठमाडौं (अस) । नेपाल कम्युनिटी डेभलपमेण्टले वितरण गरेको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा आउने भन्दा छ गुणा बढी गएको छ ।

बैंकको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बोनसमा गर्नुपर्ने गणना नगद लाभांशको प्रतिशतले हुन गएपछि बढी शेयर खातामा पुगेको जानकारी दिएको छ ।

क्यापिटलका अनुसार त्यसरी पाउनेभन्दा बढी गएको शेयर भोलि सोमवार फिर्ता गराउने बताएको छ । शेयरधनीहरुले बुक क्लोजको अघिल्ल्लो दिनसम्म कायम भएको शेयरको आधारमा कति कित्ता पाउनुपर्ने हो सो कित्ता मात्र पठाउने जानकारी गराएको छ । नेप्सेमा बैंकको ५२ हजार ६४० कित्ता शेयर सूचीकृत भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)