ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्सेफ्लाइटिसबाट १०० भन्दा बढिको ज्यान गएपछि.......

Jun 18, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार ३, नयाँ दिल्ली । इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान गएपछि भारत सरकारले करीब १०० जना स्वास्थ्य अधिकारी बिहारको रोग प्रभावित क्षेत्रमा पठाएको छ । भारतीय पूर्वी राज्य बिहारहको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसको प्रकोप बढेको हो ।

उक्त जिल्लामा मात्र यस प्रकोपबाट १०० जनाभन्दा बढी बालबालिकाको ज्यान गएको बताइएको छ । त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग र अनुसन्धान गर्नका लागि उक्त उच्चस्तरीय टोली त्यसतर्फ पठाइएको हो । पछिल्लो समयमा बिहारका अरु जिल्लामा पनि यस प्रकोपको खतरा बढ्दै जाने आशंका उत्पन्न भइरहेकोले अरु जिल्लामा पनि यस्तो खालको प्रयोगशाला राख्ने तयारी भइरहेको छ । भारत सरकारका स्वास्थ्यमन्त्री हर्ष वर्धनले बिहारमा देखिएको उक्त महामारीको नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिएका छन् । सोमवार मात्र समाचारदाताहरुसँग कुरागर्दै स्वास्थ्यमन्त्री हर्ष वर्धनले केन्द्र सरकारले उक्त महामारी नियन्त्रणका लागि र प्रभावितहरुको उपचारका लागि आवश्यक सहयोग गरिरहेको जानकारी गराएका थिए । उनले भने, ‘हामीले यस महामारीको अवस्थाको निकै गहिरोसँग अनुगमन गरिरहेका छौं र के कति कारणले यहाँ यो महामारी फैलिएको हो भन्ने बारेमा अनुसन्धानका लागि पनिे पहल गरिहेका छौं । ’ श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ बालबालिकाको मृत्यु भएको छ । इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही ४ लाख भारतीय रुपये उपलब्ध गराउने विहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन् ।

मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देशन दिएका छन् । इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । गत साता विहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताएका थिए । रासस/एएफपी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)