असार ३, चीन । चीनमा सोमवार राती आएको भूकम्पका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १२२ जना घाइते भएका अधिकारीहरुले बताएका छन् ।
चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०.५५ बजे राती भूकम्प गएको थियो । अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको बताएका छन् ।
आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको बताएको छ । भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ । रासस/ एएनआई