ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलंकामा संकटकालको समय फेरि लम्ब्याइयो

Jun 22, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ७, कोलम्बो । श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिवार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिवार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिएका हुन् । उनले यहाँका नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी यो अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट गरेका छन् । गत अप्रिल महिनामा भएका आतंककारी हमलामा परी २५८ जनाको ज्यान गएको थियो । सो आक्रमण श्रृंखलाबद्ध रुपमा भएको थियो । त्यस हमलापछि श्रीलंकामा ठूलो आतंक फैलिएको थियो । त्यस हमलापछि त्यसमा संलग्नहरुको खोजीका क्रममा अहिले पनि कम्तीमा १०० जना व्यक्ति त्यहाँको जेलमा रहेका छन् । राजधानी कोलम्बोमा रहेका तीन ओटा चर्च र अरु तीन ओटा पाँचतारे होटलमा यस्तो हमला भएको थियो । हुन त मे महीनाको अन्तिम तिर श्रीलंकाली राष्ट्रपति सिरिसेनाले पश्चिमा देशहरुका कूटनीतिज्ञहरुसँग कुराकानी गर्दै देशको शान्ति सुरक्षाको अवस्था पहिलेकै अवस्थामा पुगेर सामान्य भइसकेको भन्दै यही जुन २२ मा सकिने संकटकालको अवस्थाको अवधि नबढाउने बताएका थिए । तर उनले संकटकालीन अवस्थाको समयावधि बढाएकोमा सबैले आश्चर्य मानेका राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । सार्वजनिक सुरक्षाका लागि संकटकाल फलदायी भएको र आवश्यक पनि देखिएकाले म्याद थपिएको राष्ट्रपति सिरिसेनाले स्पष्ट पारेका छन् । हमलाकारीहरुले गत अप्रिल २१ तारिखका दिन आक्रमण गरेका थिए भने राष्ट्रपति सिरिसेनाले त्यसको भोलीपल्ट अप्रिल २२ मा संकटकाल घोषणा गरेका थिए । शुरुमा एक महीनाका लागि घोषणा गरिएको संकटकाल मे २२ मा एक महीना पुरा भएपछि फेरी एक महीनाका लागि थपिएको थियो । त्यसैलाई निरन्तरता दिदै शनिवार फेरी थपिएको छ । रासस/एएफपी/सिन्ह्वा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)