ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ कम्पनीलाई फाइभ–जीका २५ सम्झौता

Jun 25, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार १०, शेनजेन(चिन) । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ ओटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलवार बताएको छ ।

कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० ओटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि बताएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ । स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरै ओटा कम्पनीसँग साझेदारी गरिरहेको छ । रासस /सिन्ह्वा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)