ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक सञ्जालमा जोडिँदै तिलिचो ताल

Jun 26, 2019  
विकास अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । तिलिचो ताल अब सडक सञ्जालमा जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजीकै पर्ने नमखुलेकसम्म सडकको ट्र्याक खोल्ने काम शुरू गरेको हो । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि तिलिजो ताल जोड्ने सडक निर्माण शुरू भएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर ओमराज ढुंगानाले बताए । ‘यसअघि निर्माण भएको सडकको स्तरोन्नति र नयाँ ट्र्याक निर्माण थालिएको हो,’ उनले भने । उनका अनुसार यस वर्ष ३ किमी सडकको ट्र्याक खोल्ने लक्ष्य रहेकोमा साढे १ किलोमिटर ट्र्याक खोलेर भोटोभाङसम्म सडक पुर्‍याइएको छ । रू. ५० लाख विनियोजित यो योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको छ । आगामी वर्ष पनि थप बजेट विनियोजन गरेर तिलिचो तालको आधार शिविरको रूपमा चिनिने नमखुलेकसम्म सडक पुर्‍याउने प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । ठिनीदेखि नमखुलेक पुग्न अहिले ४ घण्टा हिँड्नुपर्छ । सडक पुगेपछि यात्रा अवधि १ देखि डेढ घण्टामा छोटिनेछ । नमखुलेकदेखि तिलिचो ताल पुग्न ३ घण्टा र तालबाट नमखुलेक फर्कन २ घण्टा लाग्छ । अहिले ठिनीदेखि २ दिन पैदल हिँडेर तिलिचो ताल पुग्न सकिन्छ । सडक र यातायात सुविधा भएपछि एकै दिनमा आवतजावत गर्न सकिने बताइएको छ । आवतजावत सहज हुने र पर्यटक आगमन बढ्ने वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । मुस्ताङ हुँदै तिलिचो ताल जोड्ने सडक छोटो दूरीको हुने उल्लेख छ । मुक्तिनाथ, तिलिचो, नीलगिरिलगायत हिमालको फेदीमा रहेको तिलिचो ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)