ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देवः विकास बैंकको ५.५% बोनस शेयर पारित, १ः१ को स्वाप रेशियो कायम

Jun 27, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि आचार्य
असार १२, काठमाडौं(अस) । देवः विकास बैंकको १२ औं वर्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । सभाले प्राप्तिको प्रस्ताव सहित गत वर्षको संचित मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो । बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई १ः१ को अनुपातमा स्वाप रेशियो कायम गरी एक्विजिशन गर्ने प्रस्ताव पारित गरेको छ । वेष्र्टन डेभलपमेण्टले पनि बिहीवार नै साधारण सभा सम्पन्न गरी प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ । वेस्टर्न डेभलपमेण्ट बैंकको १ कित्ता शेयर बरावर देवः विकास बैंकको १ कित्ता शेयर दिने गरी स्वाप रेशियो कायम गर्ने सम्झौता पारित गरेका दुवै बैंकको एकिकृत कारोबार देवः विकास बैंकको नामबाट हुनेछ । देव विकास बैंकको चुक्ता पूँजी रू.२ अर्ब ५३ करोड छ । ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पश्चात पूँजी रू. २ अर्ब ६७ करोड पुग्छ । देव विकास बैंकले वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ती पश्चात चुक्ता पूँजी रू. ३ अर्ब १७ करोड पूग्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)