ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८ ओटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबार अनुमति, क–कसले पाए ?

Jun 27, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १२,काठमाडौं (अस) । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आठ ओटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमति दिएको छ । विहीवार नेप्सेले कार्यालयमा आयोजित एक कार्यक्रममा प्रक्रिया पूरा गरेका ती कम्पनीलाई मार्जिन कारोबार गर्न अनुमतिपत्र वितरण गरेको छ । मार्जिन कारोबारका लागि नेप्सेबाट स्वीकृति पाउनेमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज रहेका छन् । त्यस्तै प्राइमो सेक्युरिटिज, नेपाल स्टक हाउस, कोहिनुर सेक्युरिटिज र दिपशिखा सेक्युरिटिजले पनि मार्जिन कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले भने ११ कम्पनीलाई स्वीकृति दिएको थियो । राष्ट्र बैंकबाट स्वीकृति पाएका बाँकी तीन कम्पनीले भने अझै नेप्सेमा निवेदन दिएका छैनन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)